कामना सेवा विकास बैंकका थप ३ नयाँ शाखा चितवनमा

प्रकाशित मिति: १९ फाल्गुन २०७८, बिहीबार १४:१६


काठमाडौं, फागुन १९ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा वागमती प्रदेशअन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं.–८ स्थित पर्सा बजारमा १३० औँ, कालिका नगरपालिका वडा नं.–४ स्थित पदमपुरमा १३१ औँ र भरतपुर महानगरपालिका वडा नं.–२५ स्थित अमृतचोकमा १३२ औँ शाखा कार्यालय स्थापना गरी फागुन १८ गतेदेखि कारोबारको शुभारम्भ गरेको छ ।

बैंकले व्यावसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरू तथा वृहत शाखा सञ्जालमार्फत् आफ्ना ग्राहकहरूलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यावसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरूमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी दिएका छन् ।

Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरूबाट समेत ग्राहक महानुभावहरूलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका १ सय ३२ वटा शाखा, १ वटा विस्तारित काउण्टर, ४ वटा शाखारहित बैंकिङ्ग सेवा तथा ७७ वटा एटीएममार्फत् ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

स्कुटर दुर्घटनामा परी एक शिक्षकको मृत्यु

काठमाडाैं, माघ ३० । धनुषाको मिथिलामा स्कुटर दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ.....

कमलपोखरीस्थित मःम पसलका दुई कामदारको मृत्यु

काठमाडाैं, माघ २९ । ग्याँस विस्फोट भई.....