प्रहरी जवानलाई कुटपिट गर्ने चार जना पक्राउ

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार १३:०४


काठमाडाैं, माघ २८ ।
तनहुँको व्यास नगरपालिका-५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानमाथि कुटपिट भएको छ ।

अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो ।

कुटपिटमा संलग्न चार युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास-४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास-१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ ।

शनिबार राति २ बजे मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिएका छन् ।

उनीहरूविरुद्व आइतबार अभद्र व्यावहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....