ओविओआर समझदारी पत्रमा नेपाल र चीनको हस्ताक्षर

प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार ११:१३


काठमाडौं, बैशाख २९ ।
‘वान बेल्ट वान रोड’ (ओविओआर) चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधाणा अघि सारेका थिए । ओविओआर समझदारी पत्रमा आज नेपाल र चीनले हस्ताक्षर गरेको छ ।

परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले आज बिहानै हस्ताक्षर गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक चीन भ्रमणका क्रममा ओबिओआरमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।

समझदारीपछि चीनसँग कनेक्टिभिटी, लगानी, क्षमता अभिवृद्धि, मुद्रा उपयोग, व्यापार तथा पारबहनलगायतका विषयमा सहकार्यको बाटो खुल्ने नेपालले अपेक्षा गरेको छ ।

परराष्ट्रमन्त्री महतले दुई देशबीच भएका समझदारीबाट नेपालले लाभ लिने विश्वास व्यक्त गरेका थिए ।

नेपालले चीनसँग ओबिओआर अवधारणामा सहभागी हुने सैद्धान्तिक प्रारम्भिक समझदारी पत्रमा सन् २०१४ डिसेम्बरमा हस्ताक्षर गरेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....