तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत : आयुक्त पौडेल

पोखरा, बैैशाख २९ ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत भएको बताएका छन् ।
पोखरास्थित क्षेत्रीय निर्वाचन कार्यालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले उमेद्वारले ठूलो मोटरसाइकल ¥याली र भोज भतेर गर्नु व्यर्थकै खर्च गर्दै भएको टिप्पणी गरेका छन् ।
स्वच्छ छवि, विकासप्रेमी र जनताको सुख-दुःखमा सधँै रहेर काम गर्नेले नै जनताको मत जित्नसक्ने विचार व्यक्त गर्दै उनले निर्वाचन आयोगको आचारसंहिता पालना गर्ने हो भने दल तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारलाई कम खर्चिलो र कम भडकिलो बनाई वातावरणलाई शान्त बनाउनुपर्ने धारणा राखेका छन् ।
आयुक्त पौडेलले प्रदेश नं ४ का सबै जिल्लाको निर्वाचन तयारी शान्तपूर्ण वातावरणमा रहेकाले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातासँग आग्रहसमेत गरे ।
उनले दुवै चरणको स्थानीय तहको निर्वाचन गर्न नसकिएमा आगामी माघ ७ गतेभित्र गर्नुपर्ने प्रादेशिक र संसदीय निर्वाचन अन्यौलमा पर्ने विचार व्यक्त गरेका छन् ।
प्रतिक्रिया