दुर्गम क्षेत्रमा विकास लैजाने प्रतिबद्धता : राज्यमन्त्री चौधरी

प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार १५:३६


काठमाडौं, बैैशाख २९ ।
नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले विकासबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा योजना बनाई विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पद तथा गोपनीयताको शपथपछि आज मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले राजनीतिक अस्थिरताका कारण दुर्गम ग्रामीण तहसम्म अपेक्षित विकास नभएकाले ती स्थानमा विकासका गतिविधि बढाउन सकेमात्र मुलुकको सन्तुलित विकास हुने बताए ।

राज्यमन्त्री चौधरीले राजनीतिक असहमतिलाई सुल्झाएर सहज वातावरण बनाउन आफ्नो तर्फबाट पहल गर्ने बताउँदै अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) महासन्धिको १६९ अनुसार स्थानीय शासन सञ्चालनमा सबैको पहुँच पु¥याउने गरी कानुन कार्यान्वयन गर्ने विश्वास दिलाएका छन् ।

उक्त मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले लामो समयको अन्तरालमा मुलुकमा स्थानीय तहको निर्वाचन हुन लागेकाले त्यसका लागि आवश्यक कानुन निर्धारित समयभित्र निर्माण गरिसक्नु पर्नेमा जोड दिएका छन् ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यमन्त्री चौधरीलाई शपथ गराएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....