विप्लव माओवादीद्वारा भोलि नेपाल बन्द आह्वान
काठमाडौं, बैशाख २९ ।
स्थानीय तहको निर्वाचन विथोल्ने प्रयास गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीद्वारा भोलि बैशाख ३० गते शनिबार नेपाल बन्दको आह्वान गरेको छ ।
स्थानीय निर्वाचन विथोल्ने अभियानअन्तर्गत बन्दको आह्वान गरिएको नेकपा माओवादीले जनाएको छ । बन्दका कारण निर्वाचनका लागि अन्तिम दिन गाउँ जाने मतदाता मर्कामा पर्ने देखिएको छ ।
अहिलेको संसदीय व्यवस्थाको औचित्य नभएको भन्दै विप्लव माओवादी निर्वाचनविरुद्ध आन्दोलनमा होमिएको जनाएको छ ।
प्रतिक्रिया