नेपाली टोपी लगाएर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन आग्रह

प्रकाशित मिति: १६ पुष २०७३, शनिबार ०४:१८


काठमाडाैं, पुस १६
विगतमा जस्तै यस वर्षमा पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेश्राे अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन आयोजकले आह्वान गरेका छन् ।

यसले अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रबर्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा. लेखनाथ काफ्ले र शङ्कर बञ्जाडेले बताए ।

शताब्दीऔँदेखि भइरहेको विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....