नेपालमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृत्यु
काठमाडौं, बैशाख २१ ।
नेपालमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ३ सय ७३ पीसीआर परीक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१ हजार ४ सय ४८ एन्टिजेन परीक्षणका क्रममा भने कसैमा कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ ।
त्यस्तै, थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय १५ जना निको भएका छन् ।
हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मनत्रालयले जनाएको छ ।
प्रतिक्रिया