मौन अवधिसम्ममा एक सयभन्दा बढी आचारसंहिता उल्लङ्घन

प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार १७:३८


काठमाडौं, बैशाख २९ ।
स्थानीय तह निर्वाचन २०७४ को निर्वाचनको मौन अवधिसम्ममा ६२ सञ्चार माध्यमका एक सय १५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ ।

यहीँ बैशाख १५ देखि २८ गतेसम्मका अवधिमा छापातर्फका ३४ माध्यममा ६६ सामग्री, विद्युतीयतर्फका १८ अनलाइनमा प्रकाशित/प्रसारित २५ सामग्री, पाँच/पाँच टेलिभिजन र रेडियोतर्फका १२/१२ सामग्रीले आचारसंहिता उल्लङ्घन गरेको पाइएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

काउन्सिलले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने तीन छापा तथा पाँच पाँच रेडियो र टेलिभिजनलाई तुरुन्तै ध्यानाकर्षण गराएको मुख्य अधिकृत झवीन्द्र भुसालले जानकारी दिएका छन् ।

आचारसंहिता आकर्षित भएका विषयवस्तुमा एक पक्षीय तथा सत्य, तथ्य र निष्पक्षता नभएको, निर्वाचन आचारसंहिताले तोकेको समय सीमाअनुरूप विज्ञापन प्रकाशन/प्रसारण नभएको तथा निर्वाचनसम्बन्धी सभा सम्मेलनको प्रत्यक्ष प्रसारण गरेर उल्लङ्घन गरेको पाइएको छ ।

निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी पाएको काउन्सिलले गुणात्मक अनुगमन प्रणालीको दैनिक रूपमा र सङ्ख्यात्मक अनुगमनको साप्ताहिक रूपमा निर्वाचन आयोगलाई प्रतिवेदन दिँदै आएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....