विप्लव नेतृत्वको नेपाल बन्द : ट्रकमा आगजनी र सडकमा बम

प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार ०९:५३


धनगढी, बैशाख ३० ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा आज आव्हान गरिएको नेपाल बन्दको प्रभाव सामान्य रहेको छ ।

धनगढीमा दुई वटा सडकमा प्रेसर कुकर बम राखेर यातायात अवरोध गराइएको छ । धनगढीको मुख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनोहरा सडकमा बम राखिएको हो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको छ । आफ्ना पार्टी कार्यकर्तालाई प्रहरीले पक्रेको भन्दै विरोधमा नेपाल बन्द गरिएको दावी उसले गरेको छ । धनगढी डडेल्धुरा जोड्ने पहाडी रुट भीमदत्त राजमार्गस्थित एक ट्रकमा आगजनी पनि गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेकाहरू केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको बराह नगरपालिका महेन्द्रनगरबाट पनि छ जना पक्राउ परेका छन् । निर्वाचनविरुद्ध प्रचारमा रहेकाहरूलाई पक्राउ गरेको सुनसरीका प्रमुख पोषराज पोखरेलले जानकारी दिए ।

म्याग्दीको बेनी नगरपालिका ज्यामरुककोटको भकुण्डेस्थित अर्जुन मावि मतदान केन्द्र भन्दा केही पर दुई पटक विष्फोट गराइएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....