दोश्रो चरणको निर्वाचनमा सहभागी हुने राजपाको घोषणा

प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार १०:४४


झापा, बैशाख ३० ।
दोश्रो चरणमा हुने जेठ ३१ गतेको चुनावमा मधेशवादी छ वटा पार्टी एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए स्थानीय चुनावमा सहभागिता जनाउने घोषणा गरेको छ ।

सम्वाद समूह झापाको संयोजनमा बिर्तामोडस्थित सचिवालयमा आज सम्पन्न छलफलमा राजपा झापाको अध्यक्ष मण्डलका नेताहरूले आफ्नो पार्टीले उठाउँदै आएको मुद्दा सम्बोधन भए स्थानीय चुनावमा जाने बताएका हुन् । उनीहरूले चुनाव मुलुकको लागि अपरिहार्य भएको भन्दै वर्तमान सरकारले मधेशवादीको भावना सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गरे । उनीहरूले चार बुँदे प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
शान्ति, सहमति, सहकार्य र गणतन्त्रको स्थायित्वको पक्षमा प्रतिबद्ध रहँदै पार्टीको कार्यक्रम र अभियानलाई शान्तिपूर्ण रूपमा अघि बढाउने उनीहरूको प्रतिबद्धता रहेको छ ।

त्यसैगरी, संविधान संशोधनमार्फत राजपालगायतका दलले उठाएको मुद्दा सम्बोधन गरी दोश्रो चरणको स्थानीय चुनावमा मधेशवादी दलको सहभागिताको वातावरण बनाउन पनि माग गरेका छन् । राजपा झापाले दलहरूबीच सहमति, सहकार्य, एकताको राजनीतिक संस्कार र संस्कृतिलाई बढावा दिई मुलुकलाई तत्काल निकास दिन मागसमेत गरेको छ ।

राजपा नेपाल झापा अध्यक्ष मण्डलका संयोजक सूर्यनारायण गणेशले दलहरूबीच सहमतिको विकल्प नरहेको भन्दै वर्तमानमा देखिएका समस्या राजनीतिक तवरबाटै समाधान हुनुपर्नेमा जोड दिए । संविधान संशोधनमार्फत मधेशीको अधिकार सुनिश्चितसँगै भावना समेट्नुपर्ने उनले बताए ।

सरकार र चुनावको आफूहरू विरोधी नरहेको उनीहरूको भनाई थियो । सद्भावना पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, मधेशी जनाधिकार फोरम गणतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टीबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी नेपाल बनेको हो । सो पार्टीले झापामा एकता घोषणा सभा गरिसकेको छ भने जेठ १ गते जिल्लाभर मोटरसाइकल र्‍याली गरेर एकताको सन्देश दिने समेत जानकारी दिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....