मतदाता परिचयपत्रमा त्रुटी भएमा आफ्नो परिचय खुल्ने सरकारी कागजातका आधारमा मतदान गर्न पाईने

प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार ११:२७


काठमाडौं, बैशाख ३० ।
निर्वाचन आयोगले आइतबार हुने स्थानिय तह निर्वाचनमा मतदानअघि केही स्थानमा मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएपछि परिचय खुल्ने कुनै सरकारी कागजातका आधार मानेर पनि मतदान गर्न दिने निर्णय गरेको छ ।

मतदाता नामावलीमा नाम भएको तर परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको र छाप्न छुटेकाहरुले यो सुविधा लिन सक्ने आयोगले जनाएको छ ।

नुवाकोट, धादिङ, दोलखा, लम्जुङ, कास्कीलगायत निर्वाचन हुने कतिपय जिल्लाका मतदान केन्द्रमा आएका मतदाताले परिचय पत्र नपाएको, आफ्नो संकेत नम्बरमा नाम फरक परेको, फोटो फरक परेको जस्ता गुनासा गरेको पाइएको छ ।

निकै हतारमा छापिएका मतदाता परिचयपत्रमा यस्तो समस्या देखिएपछि निर्वाचन आयोगले त्यसको वैकल्पिक व्यवस्था सहितको सो निर्णय गरेको हो ।

आयोगका सचिव गोपीनाथ मैनालीले भने, ‘यदि नागरिकता, राहदानी सवारीचालक ईजाजतपत्र, जग्गाधनी प्रमाण पुर्जा, सामजिक शुरक्षा कार्ड जस्ता फोटो भएको परिचयपत्र छ भने त्यसको आधारमा पनि मत दिन पाउने भन्ने निर्णय गरेका छौं ।’

तर त्यस्तो अवसर लिनेहरुको मतदाता नामावलीमा नाम भने अनिवार्य रूपमा हुनु पर्ने आयोगले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....