भोलि भोट हाल्ने समयमा मतदाताले ध्यान दिनुपर्ने कुराहरू :

प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार १२:००


काठमाडौं, बैशाख ३० ।
मतदानपछि मतपत्र अरुलाई देखाउनु हुँदैन । यसरी देखाएमा मतदान अधिकृतले तत्कालै त्यस्ता मतदातालाई १५ हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ ।

झुक्एिर पनि मतपत्र मतदान स्थलबाट बाहिर लैजानु हुँदैन । यस्तो गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ ।

एक मतदाताले एकपटक मात्रै मतदान गर्न पाउँछन् । अर्थात एक पटक मतदान केन्द्रमा गएर एक मतपत्रमा आफूले रोजेका सात उम्मेद्वारलाई मत दिनुपर्छ ।

एक पटक भन्दा बढी मतदान गरेमा पनि २५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । निर्वाचन सामग्री खोसे वा जफत गर्न खोजेमा एक लाख रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुन सक्छ ।

मतदान स्थलमा हुलहज्जत वा दंगा गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । निर्वाचन सामग्री लुटे वा कब्जा गरेमा एक लाख रुपैयाँ जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुन सक्छ ।

विस्फोटक पदार्थ तथा हतियार, लाठी, बन्दुक बोक्नु हुँदैन । यस्तो गरेमा दुई लाख रुपैयाँ जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुन सक्छ ।

मतदान केन्द्रमा मोवाइल लैजान पाईंदैन । मत संकेत गरेको तस्बिर खिच्न वा सार्वजनिक गर्न पनि पाईंदैन ।

मतपत्र लिएर मतदान गर्न नचाहेमा मतदाताले त्यो मतपत्र मतदान अधिकृतलाई फिर्ता गर्नुपर्छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....