सुनचाँदी कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो
काठमाडौं, जेठ २० ।
नेपाली बजारमा सुनचाँदी कारोबार अन्तिम दिन आज पनि सुन र चाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुनमा प्रति तोला ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार बिहीबार ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रति तोला ९७ हजार १ सय रुपैयाँ तोकिएकोमा आज ९८ हजार कायम गरिएको छ । यसैबीच, आज चाँदीमा पनि प्रति तोला २५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया