निर्वाचनमा सुरक्षा गर्न चार स्थानमा सेनासहितको हेलिकप्टर तयारी अवस्थामा

प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार १६:०४


काठमाडौं, बैशाख ३० ।
स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं, पोखरा, सुर्खेत र हेटौँडामा सेनासहितको हेलिकप्टर तयारी अवस्थामा राखिएको नेपाली सेनाको प्रवक्ता झङकर बहादुर कडायतले जानकारी दिएको छ ।

सुरक्षाका लागि आवश्यक काममा मद्दत गर्ने तथा निर्वाचनका लागि आवश्यक बन्दोबस्तीका सामग्री पु¥याउने काममा ती हेलिकप्टर प्रयोग भइरहेको उनले बताए । पहिलो चरणको निर्वाचनमा करिब ३१ हजार नेपाली सेना सुरक्षाका लागि खटिने र उनीहरूले बाहिरी घेरामा रहेर सुरक्षा दिने छन् ।

सेनाले सुरक्षाको प्रत्याभूति दिन अहिले नियमित गस्ती गरिरहेको छ । त्यस्तै, सुरक्षालाई मध्यनजर गर्दै विष्फोटक पदार्थ निष्क्रिय पार्नका लागि समेत विभिन्न जिल्लामा टोली तयारी अवस्थामा राखिएको छ ।

विमानस्थल, कारागारलगायत कतिपय स्थानमा खटिएका प्रहरी निर्वाचनमा खटिएपछि जिल्ला सुरक्षा समितिको आग्रहमा सो ठाउँको सुरक्षाको  जिम्मा समेत सेनाले लिएको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....