ओबोर अवधारणामा हस्ताक्षर भएकोमा खुसी : मन्त्री महरा

प्रकाशित मिति: ३१ बैशाख २०७४, आईतवार ०६:१६


काठमाडौं, बैशाख ३१ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले क्षेत्र तथा मार्ग अवधारणाको समझदारी पत्रमा हालै हस्ताक्षर भएकोमा खुसी व्यक्त गरेका छन् । उपप्रम महराले यसबाट नेपाललाई वैदेशिक लगानी, आपसी सहकार्य तथा पूर्वाधार निर्माणमा सहयोग पुग्ने धारणा पनि व्यक्त गरे ।

उनले उक्त कुरा बेइजिङस्थित नेपाली दूतावासले हाल चीनको भ्रमणमा रहेका उपप्रम महरा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको स्वागतमा शुक्रबार आयोजित कार्यक्रममा बताएका हुन् । उहाँहरूलाई स्वागत गर्दै चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले नेपालले ओबोर अवधारणामा सहभागी हुनुको महत्वबारे प्रकाश पारे ।

सोही अवसरमा नेपालका मित्र, चीनस्थित नेपाली समुदाय, व्यापारी वर्ग, वौद्विक वर्ग तथा पत्रकारको उपस्थिति थियो । उपप्रम महरा, मन्त्रीद्वय लेखक र कार्की शुक्रबार बिहान बेइजिङ पुगेका थिए ।

उनीहरू क्षेत्र र मार्ग अवधारणा अन्तर्राष्ट्रिय सहयोग मञ्चको आइतबार र सोमबार हुने कार्यक्रममा भाग लिने सिलसिलामा त्यहाँ पुगेका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....