दोलखामा प्रहरीको गोली लागि एकको मृत्यु, चार गम्भीर घाइते

प्रकाशित मिति: ३१ बैशाख २०७४, आईतवार १८:०८


दोलखा, बैशाख ३१ ।
दोलखाको मेलुङ गाउँपालिका–१ मा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच मतदान केन्द्रमा आज अपरान्ह झडप हुँदा प्रहरीले चलाएको गोली लागि भुजेल थरका एक व्यक्तिको ज्यान गएको छ भने अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले बताएका छन् ।

घाइतेहरूलाई थप उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन खोज्दा बाध्य भएर प्रहरीले हवाई फायर र गोली चलाउनु परेको जानकारी दिएको छ । सो ठाउँमा मतपेटिका लुट्न आएका समूहलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....