कालिकोट झडपमा प्रहरीको गोली लागि राप्रपा उम्मेदवारको मृत्यु, तीन घाइते

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार ०९:४१


कालिकोट, जेठ १ ।
कालिकोटमा झडप हुँदा प्रहरीले चलाएको गोली लागि वडा नम्बर ६ राप्रपाका वडाअध्यक्ष उम्मेदवार धनरूप बटालाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

घाइतेहरूलाई काठमाडौं पठाइएको छ । भने अन्य पाँचजना सुरक्षाकर्मी पनि घाइते भएको छ ।

नरहरिनाथ गाउँपालिका ६ को नन्दादेवी मावि मतदान केन्द्रको मतपेटिका ढुवानीको क्रममा विप्लव समूहले आक्रमण गरेको थियो । बम हान्नुका साथै मतपेटिका खोसेपछि सुरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाएको थियो ।

विप्लव समूहले मतपत्र जलाएका छन् । उक्त मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरिने निर्वाचन आयोगले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....