भक्तपुरमा सबैभन्दा बढी त्रियासी प्रतिशत मतदान

भक्तपुर, जेठ १ ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ३४ जिल्लाको दुई सय ८१ मतदान केन्द्रमा भएको मतदानमा भक्तपुरमा देशभरबाटै सबै भन्दा बढी ८३ प्रतिशत मत खसेको छ ।
भक्तपुर जिल्लामा रहेकोे चार वटा नगरपालिकामा भएको मतदानमा ८३ प्रतिशत मत खसेको र यो देशभरकै बढी रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका निर्वाचन अधिकारी उमेश राईले जनाएको छ ।
भक्तपुरमा कुल एक लाख ६१ हजार पाँच सय २९ मतदाता रहेकामा कुल एक लाख ३१ हजार नौ सय ५८ मत खसेको छ ।
प्रतिक्रिया