मतपत्रमा चुनाव चिन्ह मादल नभेटिएको भक्तपुरमा मतगणना रोकियो

भक्तपुर, जेठ १ ।
मतपत्रमा चुनाव चिन्ह मादल नभेटिएकाले विवादका गर्दा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको मतगणना रोकिएको छ ।
२२ वटा मतपत्र मतगणना हुँदासम्म नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको चुनाव चिह्न मादल नभेटिएपछि विवाद सुरु भएको हो ।
भक्तपुर नेपाल मजदुर किसान पार्टीको पकड क्षेत्र मानिन्छ । तर, स्थानीय निकायको निर्वाचनमा भने २२ जनाले मतदान गरेपछि पुगेका २३ औं मतदाताले मतपत्र लिएपछि त्यसमा चुनाव चिह्न मादल नै नभएको बताएका थिए ।
प्रतिक्रिया