काठमाडौं महानगरपालिकाको मतगणना सुरु, अन्य नगरपालिकाको गणना जारी

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार १२:५४


काठमाडौं, १ जेठ ।
काठमाडौं महानगरपालिका र अन्य १० नगरपालिकामा अहिले मतगणना भइरहेको छ ।

काठमाडौं महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेपनि झण्डै १२ बजे मात्रै मतगणना सुरु भएको हो ।

कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरी, टोखा, तारकेश्वर, नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र बूढानीलकण्ठ मतगणना भइरहेको हो ।

पछिल्लो मत परिणामअनुसार गोकर्णेश्वर नगरपालिका प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसे ५७, नेकपा (एमाले)का पुण्यप्रसाद चौलागाईं ४९, नेकपा (माओवादी केन्द्र)का टिआर नेपाल २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा काँग्रेसका शान्ति नेपाल र एमालेका शान्ति श्रेष्ठले बराबर ५६ मत पाउनुभएको नगर निर्वाचन अधिकृत विमला शर्मा सुवेदीले जनाएको छ । उप–प्रमुखमा माओवादी केन्द्रका २५ र राप्रपाका पाँच मत रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....