कांग्रसेका सभापति देउवालाई नेतृत्व दिने गरी प्रधानमन्त्री दाहालको राजीनामा

काठमाडौं, जेठ २ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने भएको छ । यसै साता दाहालले राजीनामा दिने बताएका छन् ।
मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राजीनामा दिने तयारीमा आफू पुगेको बताएका हुन् ।
यसैसाता संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने बताएका छन् । कांग्रेससँग गरिएको सहमतिअनुसार प्रधानमन्त्री दाहालले राजीनामा दिएर शेरबहादुर देउवालाई नेतृत्व सुम्पने जनाइएको छ ।
छलफलमा राजपाका नेताहरूले स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलताका साथ सम्पन्न गरेकोमा प्रधानमन्त्री दाहाललाई बधाइ दिएका थिए । उनीहरूले दोसो चरणको चुनावका लागि वातावरण बनाउन र संविधान संशोधनका लागि आग्रह गरेका थिए ।
भेटवार्तामा प्रधानमन्त्री दाहालले संसदमा संविधान संशोधनका लागि संख्या रहको भए पनि राप्रपाले के गर्छ भन्नेमा आफूले सो पार्टीसँग जान्न चाहेको पनि बताएका थिए । ‘संविधान संशोधनमा राप्रपाले नीतिगत रूपमा सहमति जनाएको छ ।’
प्रतिक्रिया