काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको १५ मिनेटमै स्थगित भएर पुनः सुरु

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार १४:३०


काठमाडौं, जेठ १ ।
ढिलो सुरु भएको काठमाडौं महानगरपालिकाको मतगनना १५ मिनेटमै स्थगित भएर पुनः सुचारु भएको छ । मतपत्रमा विवाद भएपछि काठमाडौं महानगरपालिको मतगणना स्थगित भएको हो ।

मतपत्र राखिएको बाकसमा मत नहालेका खालि मत भेटिएपछि मतगणनामा विवाद उत्पन्न भएको हो । अहिले मत हालिएका र खालि भएका मत छुट्टयाउने काम सकाएर पुनः मतगणना भैरहेको छ ।

काठमाडौं महानगरको वडा नम्बर १ मा कुल मतदाता ३१६० रहेकोमा २३३२ मत खसेको थियो । तर, मतपेटिकामा त्योभन्दा बढी मतपत्र भेटिएपछि मतदान केही बेर स्थगित भएको थियो ।

काठमाडौं महानगरपालिकाका १६९ पदका लागि ८६७ को उम्मेदवारी परेको छ । प्रमुखमा २८, उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको काठमाडौंमा एमाले राप्रपा गठबन्धन बनेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....