बन्ने भो सीतापाइला-नौबिसे सुरुङमार्ग, जापानसँग ऋण सम्झौता

प्रकाशित मिति: ७ पुष २०७३, बिहीबार ०५:४१


७ पुस, काठमाडौं । सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणलाई नेपाल र जापानबीच ऋण सम्झौता भएको छ । राजधानी प्रवेश गर्ने मुख्य नाकामा बन्ने यो सुरुङमार्ग बनाउन जापान सरकारले दिने १५ अर्ब २८ करोड सहुलियत पूर्ण ऋण दिनेछ ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सहयोगसम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । लगतै जापानी सहयोग नियोग जाइका र अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायत समन्वय समितिलबीच ऋण सम्झौता भएको छ ।

नेपाल सरकारले मंसिर दोस्रो साता जापानले दिने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....