नेपालको सीमासम्म रेल र सडक सञ्जाल जोड्न मन्त्री लेखकको चीनसमक्ष प्रस्ताव

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलवार ०८:१६


काठमाडौं, जेठ २ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायात मन्त्रीसमक्ष प्रस्ताव गरेको छ ।

चीन भ्रमणमा रहेका यातायातमन्त्री लेखकले सोमबार चीनका यातायात मन्त्री लि जियाओ पेङसँगको भेटवार्तामा यस्तो प्रस्ताव राखेका थिए ।

भेटका अवसरमा चिनियाँ मन्त्री पेङले ओबिओआर (वन बेल्ट वन रोड)मा हस्ताक्षरपछि नेपालको आर्थिक विकासमा नयाँ सुरुवात भएको बताएका छन् ।

मन्त्री लेखकको नेपालमा लगानी र ठूला परियोजनामा सहयोगका लागि काम थालनी गरेको प्रस्तावलाई पनि उनले स्वीकार गरेको स्वकीय सचिव जनक भट्टले जानकारी दिएका छन् । ठूला परियोजनामा लगानीका लागि नेपालका तर्फबाट चीनका लागि राजदूत लीलामणि पौडेललाई सम्पर्क व्यक्ति नियुक्त गरेको छ ।

यसैगरी चीनले यो परियोजनाका लागि अन्तर्राष्ट्रिय विभागका महाप्रबन्धकलाई स्रोत व्यक्ति तोकेको छ । दुवै सम्पर्क एवं स्रोत व्यक्तिको समूहले सोमबारदेखि काम अघि बढाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....