कीर्तिपुर नगरपालिकामा कांग्रेसले हार स्विकार गर्न नसकेपछि मतगणना बहिष्कार

कीर्तिपुर, जेठ २ ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाको मतगणना सोमबार रातिबाट स्थगित भएको छ । निर्वाचनका पदाधिकारीहरूसँग सबै दलका नेता तथा कार्यकर्ताहरू मतगणनामा सहभागी भै रहदाँ वडा नम्बर २ मा सुरुवातदेखि अन्तिमसम्म सौहार्दपूर्ण मतगणता हुँदा सम्म कुनै विवाद, उजुरी र कुनै टिप्पणी भएको थिएन ।
कांग्रेस प्रतिनिधि लगायत अन्य दलका नेताहरूले वडा नम्बर २ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा एमाले उम्मेदवारहरूलाई बधाई समेत दिएका थिए । एमाले ३६ मतले अगाडि रहेकोमा कांग्रेसका प्रतिनिधिहरूले ७ मतले मात्र विजयी भएको भन्दै परिणाम स्विकार गर्न नमाने पछि फेरि मत गणना गर्नुपर्ने माग राखेका थिए । सो मागमा अरू सहमत नभएपछि कांग्रेस प्रतिनिधिले मतगणना बहिष्कार गरेका हुन् ।
कीर्तिपुरको वडा नम्बर १ मा एमाले विजयी भएको थियो । वडा नम्बर २ मा पनि एमाले विजयी हुने भएपछि कांग्रेसले फेरि मत गणना गर्नुपर्ने माग राखेको हो । एमाले उम्मेदवारले ६३८ मत ल्याउँदा कांग्रेस उम्मेदवारले ६०२ मत पाएका थिए ।
निर्वाचन अधिकृत गजेन्द्रबहादुर सिंहले भोलि बिहान ८ बजेपछि सर्वदलीय बैठक गरेर फेरि मतगणना गर्ने जानकारी दिएका छन् ।
प्रतिक्रिया