लेखनाथ महानगरपालिका वडा नं १ मा एमाले विजयी

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलवार १०:५१


पोखरा, जेठ २ ।
स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं १ मा नेकपा (एमाले) को समूह विजयी भएको छ ।

कुल दुई हजार चार सय ४३ मत खसेकोमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार शारदा पराजुलीले एक हजार एक सय १३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार टङ्कनाथ पौडेलले छ सय ९७ मत प्राप्त गरेका छन् । उक्त वडामा एमालेका नगरप्रमुख पदका उम्मेदवार मानबहादुर जिसीले एक हजार ६५ मत प्राप्त गरेको छ भने कांग्रेसका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले आठ सय ३१ मत प्राप्त गरेको छ ।

प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)ले काँग्रेसलाई समर्थन गरेको भएपनि माओवादी केन्द्रको चुनाव चिह्नमा ५१ मत परेको छ । वडा नं १ को मतगणना सकिएलगत्तै वडा २ को मत गणना कार्य सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार मतगणना ढिलाइ भएका कारण सर्वदलीय बैठक बसेर अन्य ठाउँबाट पनि मत गणना सुरु गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....