चाँगुनारायण नगरपालिकामा विवादित क्षेत्रमा बुधबार पुनः मतदान हुने

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलवार ११:५८


भक्तपुर, जेठ २ ।
स्थानीय तह निर्वाचन २०७४ अन्तर्गत विवादित चाँगुनारायण नगरपालिका वडा–६ स्थित वडा कार्यालय अर्थात् साबिक नगरकोट गाविस भवनको मतदान केन्द्रमा भने निर्वाचन आयोगले पुन: मतदान गर्ने भएको छ।

आइतबार मतदानका क्रममा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद चर्किएपछि निर्वाचन आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्न परिपत्र गरेपछि त्यस क्षेत्रमा पुनः मतदान हुने भएको हो ।

नवलपरासी जिल्लाका लागि तयार पारिएको मतपत्र चाँगुनारायणमा वितरण गरिएपछि नेमकिपाले उक्त २२ मत बदर गर्न माग गर्दै मतगणना गर्न नदिएपछि मतगणना हुन सकेको थिएन ।

चाँगुनारायण नगरपालिकाको सर्वदलीय बैठकले विवादित विषयलाई टुङ्गो लगाउन निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्ने परिपत्र गरेको निर्वाचन अधिकृत रिञ्जा डङ्गोलले बताएका छन् ।

चाँगुनारायण नगरपालिका वडा–६ मतदान केन्द्र ‘ख’ मा कुल आठ सय सात मतदाता रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....