मतगणना स्थलमा टोली थपिँदै

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलवार १२:१५


काठमाडौं, जेठ २ ।
स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाइ भइरहेको गुनासो सम्बोधनका लागि मतगणना स्थलमा आजदेखि थप टोली परिचालन हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार ठाउँ र आवश्यकता हेरी टोली थप्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई हुने भएकाले त्यस्तो प्रबन्ध गरी गणना कार्यमा चुस्तता ल्याउन निर्देशन दिइएको हो ।

आयोगले कर्मचारी अपुग वा अन्य समस्या भएमा पनि समाधान गर्ने जनाएको छ । स्थानीय तहको निर्वाचनको पहिलो चरणमा गत बैशाख ३१ मा विभिन्न तीन वटा प्रदेशका २८१ तहमा भएको निर्वाचनको गणना हाल भइरहे पनि परिणाम आउन ढिलाइ भइरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....