काठमाडौं महानगरको वडा ३२ मा कांग्रेस अग्र स्थानमा

काठमाडौं, जेठ २ ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ मा कांग्रेस अग्र स्थानमा देखिएको छ । पहिलो ५० वटा मतगणना गर्दा नेपाली कांग्रेसले अग्रस्थान ल्याएको छ । कांग्रेसका राजुराज जोशीले सबभन्दा बढी १५ मत ल्याएका छन् । यो समेत जोड्दा कांग्रेसले अहिलेसम्म ल्याएको मत १५६ पुगेको छ । त्यस्तै, नेकपा एमालेका विद्यासुन्दर शाक्यले १३ मत ल्याएका छन् ।
यो समेत जोड्दा एमालेले अहिलेसम्म ल्याएको मत २४४ पुगेको छ । विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले १२ मत ल्याएकी छन् । उनको मत १२९ पुगेको छ । त्यस्तै साझा पार्टीका किशोर थापाले १ मत ल्याएका छन् । साझाको अहिलेसम्मको मत १५५ पुगेको छ । उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गीले १८ मत ल्याएकी छन् । त्यस्तै, राप्रपाका राजाराम श्रेष्ठले ११ मत ल्याएका छन् ।
प्रतिक्रिया