दुई तिहाईसहित प्रधानमन्त्री बन्दै देउवा, बुढानिलकण्ठमा आन्तरिक छलफल

काठमाडौं, जेठ २ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले यही हप्ताभित्रै राजिनामा दिने सार्वजनिक अभिव्यक्ति दिए लगत्तै कांग्रेस सभापति देउवाले अब आफू प्रधानमन्त्री बन्ने भएकोले दुई तिहाईको प्रधानमन्त्री बन्नको लागि आन्तरिक छलफलमा जुटेका छन् ।
देउवाले आज कांग्रेसका शीर्ष नेताहरूसँग आफ्नै निवास बुढानिलकण्ठमा छलफल गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा दुई तिहाईसहित प्रधानमन्त्री बन्ने भन्दै आन्तरिक छलफलमा जुटेका हुन् ।
उनले आफूलाई नेकपा मओवादी केन्द्र, राप्रपाा, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र साना दलहरूको समर्थन हुने विश्वास लिएका छन् । त्यस्तै नवगठित राष्ट्रिय जनता पार्टीले पनि आफूलाई नै समर्थन गर्ने विश्वास देउवाले लिएका छन् ।
देउवाले आफ्नो प्रधानमन्त्रीय कार्यकालमा बाँकी तीन तहकै निर्वाचन र संविधान संशोधनमार्फत सबै दललाई विश्वासमा लिने एजेण्डा बनाएका छन् ।
प्रतिक्रिया