बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पुन विजयी

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलवार १३:३९


म्याग्दी, जेठ २ ।
बेनी नगरपालिका–३ भकिम्लीको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले पाँच सय १८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जसबहादुर पुनले चार सय २१ र एमालेका डिलबहादुर थापाले चार सय मत प्राप्त गरेका छन् ।

सदस्यहरूमा स्वतन्त्रका रत्न जिसी र एमालेका गेमबहादुर घर्तीमगर, मनकुमारी पुन र हरिकला दमाईं निर्वाचित भएका छन् ।
दुई हजार दुई सय ६० जना मतदाता र तीन वटा मतदान केन्द्र रहेको भकिम्लीमा एक हजार चार सय ६९ मत खसेको थियो ।

त्यसैगरी बेनी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । सुरुवातदेखि नै अग्रता लिएको एमालेका प्रत्यासी प्रमोद श्रेष्ठले तीन वडाको मतगणना सकिँदासम्म एक हजार नौ सय २६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिकुमार श्रेष्ठले एक हजार सात सय २६ मत प्राप्त गरेको छ । त्यस्तै उपप्रमुखमा राप्रपाका सञ्जु बरुवालले एक हजार पाँच सय ४६ मतले अग्रता लिएको छ भने नेकपा (माओवादी केन्द्र) का ज्योति लामिछानेले एक हजार १०८ मत प्राप्त गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....