सूर्यविनायक नगरपालिका–१ मा एमालेको समूह विजयी

भक्तपुर, जेठ २ ।
सूर्यविनायक नगरपालिका वडा नं १ मा नेकपा (एमाले) विजयी भएको छ ।
आज बिहान सम्पन्न मतगणनाको परिणामानुसार सो वडाका अध्यक्षमा एमालेका सानुकाजी कायस्थ तथा वडा सदस्यमा बाबुकाजी श्रेष्ठ, प्रदीप कार्की, अम्बिका न्यौपाने र कल्पना नेपाली विजयी हुुनुभएको निर्वाचन अधिकृत दुर्गा गुरुङले जानकारी दिएका छन् ।
प्रतिक्रिया