८० वर्षीय बृद्ध सिन्धुपाल्चोकबाट वडाध्यक्षमा विजयी

सिन्धुपाल्चोक, जेठ २ ।
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा वडा न १ बाट ८० वर्षीय कर्ण बहादुर खड्का नेपाली कांग्रेसको तर्फवाट वडाध्यक्षमा विजयी भएका छन् । उनले २ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारलाई एक सयभन्दा बढी मतले पछि पारेका हुन् । उनी यस पटकको स्थानीय तह निर्वाचनमा निर्वाचित हुने सबै भन्दा बृद्ध उम्मेदवार हुन् ।
प्रतिक्रिया