क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गर्न अदालतको आदेश

प्रकाशित मिति: १८ कार्तिक २०७९, शुक्रबार १४:५७


काठमाडौं, कार्तिक १८ ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आदेश दिएको हो ।

आज दुबै पक्षको थुनछेक बहस सकिएसँगै अदालतले आदेश दिएको हो । आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेकी थिइन् ।

सन्दीपको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ छन् । अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रविण सुवेदी र अनुराग सुवेदीले पनि बहस गरेका थिए ।

उनलाई धरौटीमा छाड्नका लागि दलील पेस गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....