‘राज्यशक्ति र स्रोतसाधनहरूको दुरुपयोग गरेर एमालेविरुद्ध लागे पनि एमाले प्रमुख शक्तिको रूपमा अगाडि बढिरहेको’ : अध्यक्ष ओली

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार १०:०६


काठमाडौं, जेठ ३ ।
स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणको आइतबार भएको मतदानको मतगणना नसकिँदै नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आफ्नो पार्टी प्रमुख शक्तिको रूपमा अगाडि आइरहेको दावी गरेका छन् ।

एमालेका दिवगंत नेता मदन भण्डारी र जीवराज आश्रीतको २४ औं स्मृति दिवसमा आज बिहान बल्खुस्थित पूरानो एमाले कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सत्तापक्षीय दलहरूको घेराबन्दीका बीचमा पनि एमाले अगाडि आएको बताएका छन् ।

देशमा विद्यमान गलत राजनीति र विदेशि राष्ट्रहरूको चलखेलका कारण अहिलेसम्म भण्डारी र आश्रीतको हत्यारा पत्ता लाग्न नसकेको उनले बताए ।

‘राज्यशक्ति र स्रोतसाधनहरूको दुरुपयोग गरेर एमालेविरुद्ध लागे पनि एमाले प्रमुख शक्तिको रूपमा अगाडि बढिरहेको छ,’ ओलीले भने, ‘धेरै ठाउँमा कांग्रेस–माओवादीहरूले बुथ कब्जा गर्दा पनि एमाले अगाडि आइरहेको छ ।’

एमालेबाहेक अरूलाई भोट दिनुपर्ने कारण कसैले बताउन सक्छ भने आफू बहस गर्न तयार रहेको पनि ओलीले बताए । स्थानीय चुनावको पछिल्लो मतपरिणामले एमालेको देशभक्ति सही सावित भएको ओलीको दावी छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....