चन्द्रागिरि नगरपालिकामा कांग्रेसको अग्रता

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार ११:३०


काठमाडौं, जेठ ३ ।
चन्द्रागिरि नगरपालिका प्रमुखको मतगणनामा हालसम्म नेपाली कांग्रेसका घनश्याम गिरीले चार हजार आठ सय ५२ मत प्राप्त गरी अग्रता कायम गरेको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रल्हाद कार्कीले दुई हजार तीन सय ७८ मत प्राप्त गरेको छ । हालसम्म उपप्रमुखमा कांग्रेसका इन्द्रावती श्रेष्ठले तीन हजार तीन सय १८, एमालेका लीसा नकर्मीले दुई हजार नौ सय २२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिएका छन् ।

कुल ३८ हजार आठ सय ७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार नौ सय २० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा अहिले ४ र ५ वडाको मतगणना सम्पन्न भइसकेको छ ।

यसैबीच, वडा नं ४ मा कांग्रेसको समूह विजयी भएको छ । वडाध्यक्षमा कृष्णप्रसाद खड्गी तथा सदस्यमा कृष्णकुमारी गोपाली, रविना रोक्का, पृथ्वीबहादुर लामा र मन्जय प्रकाश श्रेष्ठ विजयी भएका छन् ।

वडा नं ५ मा एमालेको समूह विजयी भएको छ । वडाध्यक्षमा कान्छाभाइ महर्जन, तथा सदस्यमा तुलसी महर्जन, झम्फे नेपाली, सुशीला राना मगर र तेजिला थापा विजयी भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....