अन्ततः पेनाल्टी सुट आउटमा फ्रान्स अर्जेन्टिनासँग पराजित

प्रकाशित मिति: ३ पुष २०७९, आईतवार २३:५९


काठमाडाैं, पाैष ३ ।
कतारमा सम्पन्न फिफा विश्वकप २०२२ दक्षिण अमेरिकी पावर हाउस अर्जेन्टिनाले जितेको छ । यसअघि सने १९७८ र १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो । लगातार दुई दशकसम्मका महान खेलाडी लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले सन् २०१८ को बिजेता फ्रान्सलाई पराजित गरेको हो । निर्धारित ९० मिनेटमा बराबरी भएपछि थपिएको अतिरिक्त समयमा समेत १–१ गोल भएपछि पेनाल्टी सुट आउटबाट निर्क्याैल गरिएको थियो ।

कतारको दोहास्थित लुसेल स्टेडियममा भएको फाइनल खेलकाे पहिलो २३ औँ मिनेटमा कप्तान मेसीले पेनाल्टी सुट आउटमा पहिलो गोल गरेका थिए । लगत्तै खेलको ३६ औँ मिनेटमा एञ्जल डिमारियाले सुन्दर गोल गर्दा अर्जेन्टिना शून्य विरुद्ध २ गाेलको अग्रतामा रहेको थियो ।

दोश्राे हाफको ७९ औँ मिनेट फ्रान्सका लागि स्ट्राइकर एम्बाप्पेले पहिलो गोल गरेका थिए । लगत्तै २१ औँ मिनेटमा स्ट्राइकर एम्बाप्पेले अर्को गोल गर्दै बराबरी गरेका थिए ।

खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा पनि दुबैले १–१ गोल फर्काएका थिए । यससँगै खेल पेनाल्टी सुटआउटमा गएको हो । विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध मैदानमा उत्रिएसँगै अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेस्सीले अर्को कीर्तिमान बनाएका छन् ।

मेस्सीका नाममा विश्वकप फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान लेखिएको छ भने खेलको २३ औँ मिनेटमा मेसीले पेनाल्टीमार्फत् गोल गर्दै यस विश्वकपमा सर्वाधिक ६ गोल गर्न सफल भएका छन् ।

अन्ततः पेनाल्टि सुट आउटमा अर्जेन्टिनाले ४–२ गोल अन्तरले फ्रान्सलाई हराउँदै अर्जेन्टिना विजयी भएको हो ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....