काठमाडौं महानगरपालिका–१ मा एमाले विजयी

काठमाडौं, जेठ ३ ।
काठमाडौं महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मत ल्याई विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले छ सय ३९ मत प्राप्त गरेका छन् । महिला सदस्यमा एमालेकी रसला तण्डुकारले आठ सय ९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले सात सय ९६ ल्याई विजयी भएका छन् ।
यस्तै, खुल्ला सदस्यमा एमालेका अशोक श्रेष्ठले छ सय ५४ र कांग्रेसका राजकुमार श्रेष्ठले छ सय ८१ मत ल्याई विजयी भएका छन् ।
सो वडामा कुल दुई हजार तीन सय ३१ मत खसेको थियो भने ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिएका छन् ।
प्रतिक्रिया