मतगणनाको क्रममा मतदान अधिकृतको दस्तखत नभएका मतपत्र फेला

कीर्तिपुर, जेठ ३ ।
कीर्तिपुर नगरपालिका–२ को मतगणनाका क्रममा मतदान अधिकृतको दस्तखत नभएको १० वटा मतपत्र फेला परेपछि स्थानीय दलका प्रतिनिधिहरूबीच छलफल गरी सो वडाको मतगणना पुनः गर्ने समझदारी कायम भएको छ ।
मतदान अधिकृत गजेन्द्र बहादुर सिंहले वडा नं–२ को मतगणनाका क्रममा मतदान अधिकृतको दस्तखत नहुनु आफ्नो कर्मचारीबाट त्रुटी भएको स्वीकार्दै त्यस क्षेत्रको मतगणना पुनः गरिने गरी अहिले वडा नं ३ र ४ को मतगणना गरिएको जानकारी दिएका छन् ।
कुल मतदाता २८ हजार एक सय तीन मतदाता रहेको कीर्तिपुर नगरपालिकामा २३ हजार छ सय ३३ मत खसेको थियो ।
प्रतिक्रिया