एक सातामा सबै परिणाम आइसक्छ : निर्वाचन आयुक्त डा. यादव

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार १५:५४


काठमाडौं, जेठ ३ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम एक साताभित्र सार्वजनिक भइसक्ने बताएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)ले आज यहाँ आयोजना गरेको स्थानीय तह निर्वाचन प्रारम्भिक समीक्षामा उनले सो कुरा बताएका छन् ।

मतगणना गर्ने मिति र स्थान तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिएकाले आयोगले मतगणनामा हस्तक्षेप गर्न नमिल्ने जनाउँदै उनले मतगणनाको लागि आवश्यक जनशक्ति र आर्थिक व्यवस्थापनको पाटोमा भने आयोगले आवश्यक व्यस्थापन गरिरहेको जानकारी दिए ।

निर्वाचनको अघिल्लो दिनसम्म पनि मतगणना नै एक महिनापछि गर्नुपर्छ भनेर चर्काे दबाब खेप्नुपरेको घटनाको स्मरण गराउँदै उनले भने ‘एक साताभित्रै सबै परिणाम घोषणा हुन्छ, तपाईंहरु किन आत्तिनु भएको हो ।’

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्रीको व्यवस्थापन आयोगले गरिसकेको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने ‘मतपत्र ठूलो हुनु भनेको राजनीतिक कारणले हा’ जिल्लामा दर्ता भएका राजनीतिक दलको सङ्ख्याको आधारमा निर्वाचनमा यति जना उम्मेदवार होलान् भन्ने अनुमान गरेर मतपत्रको छपाइ भएको हो ।
पूर्व प्रमुख निर्वाचन आयुक्त एवम् नियोकका अध्यक्ष सूर्य प्रसाद शर्माले निर्वाचन शान्तिपूर्ण र उत्साहजनक सहभागितामा भए पनि निर्वाचनमा हुनसक्ने घटनाको बारेमा जानकारी लिने सुरक्षा अनुसन्धानको पाटो कमजोर देखिएको टिप्पणी गरेका छन् ।

नागरिक समाजका अग्रज एवम् जियोकका अध्यक्ष हिमालय शमशेर राणाले निर्वाचनलाई शान्तिपूर्ण तुल्याउन मतदाता र राजनीतिक दलले सहयोग पु¥याएपनि त्यसअनुसारको मतगणना व्यवस्था चुस्त हुन नसकेको प्रतिक्रिया दिए ।

उनले भने कतिपय स्थानमा मतदान गर्ने स्थल अत्यन्त सानो रहेको तथा ठूलो आकारको मतपत्र भएकाले मतदातामा अलमल जस्तो देखिन्थ्यो । यद्यपि मतदान शान्तिपूर्ण र उत्साह जनकरूपमै भएको छ ।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक एवम् जियोकका सदस्य सचिव कृष्ण मान प्रधान र नियोकका महासचिव गोपाल सिवाकोटीले आगामी निर्वाचनमा मतदातामैत्री मतपत्र बनाउनुपर्ने तथा दू्रतगतिमा मतपरिणामको नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई सुझाव दिए ।

सङ्कल्प नेपालकी अध्यक्ष लिली थापाले यसपटकको स्थानीय तहको निर्वाचनमा महिला मतदाताको निकै उत्साहजनक रूपमा सहभागिता रहेको टिप्पणी गरे ।

निर्वाचनको पर्यवेक्षण गरेका ती संस्थाले आसन्न निर्वाचनमा निर्भय पूर्वक सञ्चालन गर्न सुरक्षा संवेदनशील क्षेत्रको आंकलन गरी विशेष सुरक्षा व्यवस्था मिलाउन तथा आचारसंहिताको पालनामा देखिएका कमजोरीलाई सम्बोधन गर्न राजनीतिक दल र उम्मेदवार जवाफदेही बन्नुपर्ने सु्झाव दिएका छन् ।

पर्यवेक्षक संस्थाबाट राजनीतिक दल र उम्मेदवारले मौन अवधिमा पनि मतदातालाई आकर्षित गर्ने तथा सामाजिक सञ्जालसमेत अनुशासित बन्न नसकेको प्रतिवेदन प्रस्तुत भयो ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....