स्पट फिक्सिङको आरोपमा आदिल र मेहबुबसहित ५ जनाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार १६:३७


काठमाडौं, फागुन ८ ।
नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा भएको स्पट फिक्सिङमा संलग्नमध्ये नेपालीलाई मात्रै मुद्दा चलाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले फिक्सिङमा नेपालीसहित १० जनाको संलग्नता रहेको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो ।

पछि अनुसन्धानका क्रममा थप दुई जनाको भूमिका पनि शंकास्पद देखिएपछि उनीहरू पनि अनुसन्धानमा तानिएका थिए । योसँगै स्पट फिक्सिङमा जम्मा १२ जनाको संलग्नता रहेको खुलेको थियो । उनीहरूमध्ये ५ जना नेपाली थिए भने ७ जना विदेशी थिए ।

तर, जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दर्ता हुँदै गर्दा सबै सातै जना विदेशीलाई उन्मुक्ति दिएर ५ नेपालीविरुद्ध मात्रै मुद्दा दायर गरिएको छ ।

पाँच नेपाली मध्ये नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी मेहबबु आलम, राष्ट्रिय टोलीका अलराउण्डर मोहमद आदिल आलम र वीरगञ्जका क्रिकेटर नितेश गुप्ता भनिने नितेश साह पक्राउ गरेका थिए । पक्राउ परेका यी तीन जना र फरार काठमाडौंका नविन कँडेल र सप्तरीका रवि माझीविरुद्ध मात्रै मुद्दा दर्ता भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....