आईसीसी क्रिकेट विश्वकप लिग टूको खेलमा सन्दीप नजाने

प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार १६:१०


काठमाडौं, फागुन ११ ।
आईसीसी क्रिकेट विश्वकप लिग टूको युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्य टोली घोषणा गर्दा सन्दीप नेपालको टोलीमा छैनन् । नेपाली टोलीमा मौसम ढकाल र प्रतिश जि.सी. टोलीमा परेका छन् । कानूनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपलाई समावेश नगरेको हो ।

नेपालले लिग टूअन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको छ । उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टीममा राखेको थियो ।

उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम ढकाल (मौसम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....