ललितपुरमा दुई वटा वडामा गरी कूल ४८ मत बढी देखिएपछि तनाव, सुरक्षा व्यवस्था कडा

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार १४:३०


ललितपुर, जेठ ५ ।
ललितपुर महानगरपालिकामा मतगणना जारी रहँदा कूल मतभन्दा पनि बढी मतपत्र भेटिएपछि एकाएक विवादको अवस्था श्रृजना भएको छ ।

हाम्रा संवाददाताले जानकारी गराएअनुसार वडा नं. ९ मा ४ हजार २ सय २० मतदाताको बाकसबाट ४ हजार २ सय ४२ मत अर्थात २२ मत बढी देखिएपछि चर्को विरोधका बाबजुत पनि मतगणना गराएर प्रतिनिधि विजय गराएकोमा झडपको स्थिति श्रृजना भएको जनाएको छ ।

त्यसैगरी, वडा नम्बर १५ मा पनि ३ हजार २ सय ४७ मतदाताको बाकसबाट ३ हजार २ सय ७३ मतपत्रसँगै २६ मत बढी देखिएपछि ललितपुरस्थित निर्वाचन आयोग परिसरमा स्थानीय बासिन्दाले आज मतगणना नै गर्न रोक लगाउनु पर्ने भन्दै विरोध जनाएपछि अहिले त्यहाँ सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ भने झडपको अवस्था श्रृजना हुनसक्ने संकेतसमेत देखिएको जनाएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बेगनास तालमा बेपत्ता भएका राजेश श्रेष्ठ मृत अवस्थामा फेला

काठमाडाैं, जेठ २६ । पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता गोरखाका राजेश श्रेष्ठ.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....