‘मिस स्टार युनिभर्स २०२३’ काे उपाधि श्रृष्टि महर्जनले जित्न सफल

प्रकाशित मिति: २४ असार २०८०, आईतवार १४:५७


काठमाडाैं, असार २४ ।
दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को शीर्ष उपाधि श्रृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै उनले उपाधि चुमेकी थिइन् । २२ वर्षीया महर्जनले प्रतियोगितामा शीर्षसहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को सबटाइटलसमेत हात पारेकी छन् ।

‘मिस स्टार युनिभर्स २०२३’ शीर्ष बिजेता बन्दा निकै खुसी लागेको र देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन आफू सफल भएको महर्जनले बताएकी छन् । ‘इण्डाे इन्टरनेशनल फेशन कार्निभल एण्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उनलाई ग्रीनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताजसहित पठाएको थियो ।

कार्यक्रममा ‘मिसेस स्टार युनिभर्स २०२३’ तर्फ नेपाली जोया बुढाथोकी सहभागी थिइन् । उनले भने प्रतियोगितामा ‘मिसेन ब्युटिफुल बडी’को उपाधि हात पारिन् । कार्यक्रममा अवार्डतर्फ सहभागी फेशन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यावसायी परिन्दा श्रेष्ठ ‘परी’ले आ-आफ्नो बिधामा अवार्ड हात पारे ।

होटल ब्रिस्टल दुआबीमा आयोजित कार्यक्रममा डा. बु अब्दुला, बलिउड सेलिब्रेटी आफताब शिवदासानीलगायतले बिजेतालाई ताज लगाइदिएका थिए । प्रतियोगीताको निर्णायकमा अनिला श्रेष्ठ (मिसेस युनिभर्स नेपाल २०१९), सुधा एक (वनर सुधा भेञ्चर्स), इशा पफरहा कुरैशी, हनिफ शेख, अरविन्द लिम्बावलीलगायत रहेका थिए । बिजेतापछि नेपाल फर्किएका सबैलाई ग्रीन आर्ट मिडियाका सीईओ प्रविन लाकौल, ग्रीन आर्ट मिडियाकी प्रबन्ध-निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले शनिबार नेपालमा स्वागत गर्दै बधाई तथा थप सफलताका लागि शुभकामना दिएका थिए .


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी काराेबारकाे पहिलाे दिन सुन र चाँदीकाे मूल्य घट्याे

काठमाडाैं, चैत २४ । सुनचाँदी काराेबारकाे पहिलाे दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदीको.....