ललितपुरको वडा नं. ९ र १५ को विवाद सुल्झियो, वडा नं. १६ को मतगणना हुँदै

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार १५:५४


ललितपुर, जेठ ५ ।
ललितपुर महानगरपालिको वडा नं. ९ र १५ मा उत्पन्न भएको विवाद सुल्झिएसँगै वडा नं. १५ को मतगणना पुनः सुचारु भएको छ भने वडा नं. १६ को मतगणना पनि सुरु भएको छ ।

यसअघि, ललितपुर महानगरपालिकामा मतगणना जारी रहँदा कूल मतभन्दा पनि बढी मतपत्र भेटिएपछि एकाएक विवादको अवस्था श्रृजना भएको थियो ।

वडा नं. ९ मा ४ हजार २ सय २० मतदाताको बाकसबाट ४ हजार २ सय ४२ मत अर्थात २२ मत बढी देखिएपछि चर्को विरोधका बाबजुत पनि मतगणना गराएर प्रतिनिधि विजय गराएको हुनाले झडपको स्थिति श्रृजना भएको थियो ।

त्यसैगरी, वडा नम्बर १५ मा पनि ३ हजार २ सय ४७ मतदाताको बाकसबाट ३ हजार २ सय ७३ मतपत्रसँगै २६ मत बढी देखिएपछि ललितपुरस्थित निर्वाचन आयोग परिसरमा स्थानीय बासिन्दाले आज मतगणना नै गर्न रोक लगाउनु पर्ने भन्दै विरोध जनाएका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

बेगनास तालमा बेपत्ता भएका राजेश श्रेष्ठ मृत अवस्थामा फेला

काठमाडाैं, जेठ २६ । पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता गोरखाका राजेश श्रेष्ठ.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....