प्रत्येक वर्ष घरेलु उत्पादनलाई प्रर्बधन गर्ने उद्योगमन्त्री जोशीको घोषणा

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार १८:१५


काठमाडौं, जेठ ५ ।
उद्योग मन्त्रालयले अबदेखि प्रत्येक वर्ष एउटा घरेलु उत्पादनलाई प्रर्बधन गर्ने भएको छ । यसलाई राष्ट्रको साख, उद्योगको बिकास भन्ने नारा सहित अगाडी बढाउने मन्त्रालयले जनाएको छ ।

शुक्रबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उद्योगमन्त्री नबिन्द्रराज जोशीले सो कुराको जानकारी दिएका हुन् ।
मन्त्रालयले यो बर्ष आँखाको लेन्सको प्रर्बधन गर्ने भएको छ । यसका लागि केही दिन अघि नेत्र बिशेषज्ञ डा. सन्दुक रुइत समेतको उपस्थितीमा सो कार्यक्रमको घोषणा भैसकेको छ ।

दोस्रो वर्षमा मन्त्रालयले छाला, गार्मेन्ट, कार्पेट आदिको प्रर्बधन गर्ने भएको छ । ‘कुनै समय नेपालले निकै निर्यात गर्ने गरेको यस्ता उत्पादनहरू निकै घटेका छन् । अबको १० वर्षमा नेपालका युवाहरूलाई विदेशमा रोजगारीको खोजिमा जान नपर्ने वातावरणको निर्माण गर्न यस्ता उत्पादनहरु बढाउनुपर्ने खाँचो छ,’ उद्योगमन्त्री नबिन्द्रराज जोशीले भने ।

यसैगरी तेस्रो बर्ष विद्युतिय कारको बर्ष हुनेछ । यसका लागि केही समय अध्ययन गर्नुपर्ने भएकाले २ बर्षको समय लिएको मन्त्री जाशीले भने ।
तेस्रो र चौथो बर्ष क्रमशः कुषिजन्य, वनजन्य उत्पादनहरु र माइनिङको बर्ष हुनेछन् । माइनिङको लागि भने खनिज नीति मन्त्रीपरिसद्बाट पारित भैसकेको हुनाले पेट्रोलियम, जस्ता सिसा जस्ता खजिहरुको उत्खननमा सहजता आउने मन्त्री जोशीले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

बेगनास तालमा बेपत्ता भएका राजेश श्रेष्ठ मृत अवस्थामा फेला

काठमाडाैं, जेठ २६ । पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता गोरखाका राजेश श्रेष्ठ.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....