प्रसाईंद्वारा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार १६:१५


काठमाडाैं, मंसिर ८ ।
गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् ।

आज शुक्रबार भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले प्रसाईंलाई सीमित राखेको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

भण्डारीले प्रसाईं आफैँले सुरु गरेको अभियानमा सहभागी हुन नपाउने गरी संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकारमा समेत आघात पुर्‍याइएको रिटमा दाबी गरिएको छ ।

राजनैतिक विचार राख्न नपाइने गरी कसैलाई पनि नियन्त्रणमा लिन, निगरानीमा राख्ने थुनामा राख्न नपाइने रिटमा उल्लेख छ ।

सरकारका काम कारबाही चित्त नबुझे शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिकको मौलिक हकलाई सम्मान गर्नुको सट्टा निवेदकलाई गैरकानूनी रूपमा निगरानीमा राख्ने, थुनामा राख्ने र विभिन्न झुठा मुद्दा लगाई फसाउने सम्मको सम्भावना भएकोले आतंकित र त्रसित सिर्जना भएको भण्डारीको रिटमा लेखिएको छ ।

प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शन गर्न रोक लगायो । साथै उनका केही समर्थकलाई नियन्त्रणमा लिइएको छ । प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन ।


प्रतिक्रिया


ताजा खबर

More

अज्ञात समूहले प्रहार गरेकाे गाेली गालामा लागेर प्रधानाध्यापक गम्भीर घाइते

काठमाडाैं, कार्तिक २५ । अज्ञात समूहले प्रहार गरेकाे गोली लागेर सर्लाहीमा एक प्रधानाध्यापक.....

नेपालद्वारा चौथो खेलमा थाइल्याण्ड १ सय ६ रनले पराजित

काठमाडाैं, कार्तिक २५ । युनाइटेड अरब.....