आफ्नै दलित सरसफाई कर्मचारीमाथि बलात्कारको प्रयास

प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार १३:४५


काठमाडाैं, मंसिर ३० ।
पर्साको पोखरिया नगरपालिकामा गएराति एक दलित कर्मचारीमाथि बलात्कारको प्रयासको घटना भएको छ । नगरपालिकामा कार्यरत सरसफाई कर्मचारीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ ।

सरसफाई शाखाका नाइके रामबली हजराले आफ्नै सरसफाई कर्मचारीमाथि बलात्कारको प्रयास गरेको पोखरिया प्रहरीले बताएको छ ।

पीडक हजराले राति साढे ९ बजे नगरपालिकाको कार्यालयमा बोलाएर बलात्कारको प्रयास गरेको पीडित महिलाको आफन्तले जनाए । पीडित महिला र उनको श्रीमान् जाहेरी दिन ईलाका प्रहरी कार्यालय पोखरियामा गएको बताइएको छ।


प्रतिक्रिया


ताजा खबर

More

अज्ञात समूहले प्रहार गरेकाे गाेली गालामा लागेर प्रधानाध्यापक गम्भीर घाइते

काठमाडाैं, कार्तिक २५ । अज्ञात समूहले प्रहार गरेकाे गोली लागेर सर्लाहीमा एक प्रधानाध्यापक.....

नेपालद्वारा चौथो खेलमा थाइल्याण्ड १ सय ६ रनले पराजित

काठमाडाैं, कार्तिक २५ । युनाइटेड अरब.....