भारतमा कारले ठक्कर दिँदा चार नेपालीको मृत्यु, एक घाइते

प्रकाशित मिति: १४ माघ २०८०, आईतवार १४:१२


एजेन्सी, माघ १४ ।
हरियाणाको सोनीपतको मामा भञ्जा चोकमा बहलगढबाट जाँदै गरेको तीब्र गतिको फोर्ड इको स्पोर्ट्स कारले साइकल र स्कुटरमा घर फर्किएका नेपालका पाँच युवालाई पछाडिबाट ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चार युवाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । कारमा सवार तीन युवक पनि गम्भीर घाइते भएका छन् । यो दुर्घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । भिडियोमा घटना निकै भयानक देखिएको छ ।

भारतीय मिडियाले प्रहरीबाट प्राप्त गरेको जानकारीअनुसार यस दुर्घटनामा ज्यान गुमाएका युवाको सनाखत भएको छ । मृत्यु हुने युवाको नाम खिलाबहादुर मगर, अमर र कमलबहादुर खत्री रहेका छन् । उनीहरू नेपालको ओखलढुंगाको मोलुङ गाउँपालिका-४ का हुन् । अन्य दुइ मृतक दलबहादुर रायमाझी अर्घाखाँची र अर्जुन सुनुवार सर्लाहीका हुन् । उनीहरूका एक साथी दिलबहादुर गम्भीर घाइते भएका छन् । उनी पनि ओखलढुंगाकै हुन् । कारमा सवार युवा ऋतिक, मोहित र अरुण पनि गम्भीर घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि रोहतक पीजीआईमा रिफर गरिएको छ । सबै जना नेपालीहरू वेटरको काम गरेर परिवारको गुजारा चलाउने गर्दथे । घटनाको राति अबेरसम्म एउटा कार्यक्रमबाट घर फर्कदै गर्दा यो दुर्घटना भएको हो । दुर्घटना हुँदा चालकले मादक पदार्थ सेवन गरी तीब्र गतिमा गाडी चलाएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....